• Trending:

पाकिस्तानमा मिसाइल प्रहार प्रकरणमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

पाकिस्तानमा मिसाइल प्रहार प्रकरणमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

Economist Nepal

Thu, Bhadra 9 2079

पाकिस्तानमा मिसाइल प्रहार प्रकरणमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त


पाकिस्तानमा मिसाइल प्रहार प्रकरणमा भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त



kharibot

फाइल तस्बीर

काठमाडौँ । भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त  देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो । 

इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । ९मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ । 

ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल हो । क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार  मिटरको उचाईमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो । 

क्षेप्यास्त्रले भारत र पाकिस्तानी हवाई क्षेत्रमा धेरै यात्रु र अन्तर्राष्ट्रिय उडानका साथै जमिनमा मानव जीवन र सम्पत्तिलाई खतरामा पारेको पाकिस्तानी वायु सेनाले जनाएको छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.