१५ दिनपछि होशमा आए राजु श्रीवास्तव
काठमाडौँ । भारतीय हास्यकलाकार राजु श्रीवास्तवलाई उपचारको १५औं दिन होस आएको छ । भारतीय मिडियाका अनुसार दिल्लीस्थित एम्समा उपचारत श्रीवास्तवलाई १५औं दिन आज बिहीबार बिहान होश आएको हो ।
उनले एम्सका मेडिकल स्टाफसँग पनि इशारामा कुरा गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
हृदयघात भएपछि राजुलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो ।
परिवारका सदस्यहरुका अनुसार बुधबार आधा घण्टासम्म भेन्टिलेटर हटाइएको थियो । राजुलाई भेन्टिलेटर सपोर्टबाट बाहिर निकालेको यो दोस्रो पटक हो । यसअघि अगस्ट १५ मा १ घण्टाका लागि भेन्टिलेटर हटाइएको थियो । त्यसपछि उनलाई ज्वरो आयो । त्यसपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो ।
बाबुको अवस्था स्थिर रहेको राजु श्रीवास्तवकी छोरी अन्तराले बतामिडियालाई बताएकी छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । चिकित्सकहरुले उनीहरुको राम्रो उपचार गरिरहेका छन् । उनीहरुलाई ट्युबमार्फत दैनिक दूध र जुस खुवाइँदै आएको छ । न्यूरो फिजियोथेरापी मार्फत उनको मस्तिष्कमा अक्सिजन पुर्याउने प्रयास भइरहेको मेडिकल बुलेटिनमा जानकारी दिइएको छ ।