डोजर लिएर अल्फाबिटा कम्प्लेक्स पुगे बालेन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फेरी नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुगेका छन् ।
विहिबार बिहान अनुगमनमा गएको बेला अल्फाबिटाका सञ्चालकसँग विवाद भएपछि फर्किएका बालेन ति संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि फेरी नियम विपरित बनाइएका संरचना भत्काउन डोजर लिएर अल्फाबिटा कम्प्लेक्स पुगेका हुन् ।
अहिले डोजरले नियमविपरितका संरचना भत्काउन शुरु गरको छ ।
विहिबार विहान काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका सञ्चालकसँग आक्रोशित भएका थिए ।
अल्फाबिटा कम्प्लेक्सका सञ्चालकसँग घरको नक्सा देखाउन आग्रह गर्ने क्रममा बालेन आक्रोशित भएका थिए । उनले सञ्चालकलाई बेसमेन्टमा व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दै नक्सा देखाउन भनेका थिए ।
सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै अनुगमन गर्न आउदा नक्सा ल्याउनु पर्दैन भनेपछि बालेन झोक्किँदै ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै कराएका थिए ।