‘उहाँले आफ्नै नक्सा मसँग माग्नुभयो, मैले नक्सा र डोजर लिएर गए’ – बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अल्फाविटाको वेसमेन्ट अनाधिकृत भएकाले भत्काएको बताएका छन् ।
घरधनीसँगै हुनपर्ने नक्सा पास अल्फाविटाका सञ्चालकले उल्टै मेयर शाहसँग मागेपछि उनी आवेशमा आएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिक रुपमा बनाइएको सम्रचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यही अनुसार बनाइ दिनुहोला ।’
Comments
Related News