• Trending:

श्रीलङ्का- गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति

श्रीलङ्का- गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति

Economist Nepal

Thu, Bhadra 9 2079

श्रीलङ्का- गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति


श्रीलङ्का- गैर–व्यापारिक प्रयोजनका लागि टाइलको आयात पुनः सुरु गर्न अनुमति



kharibot

कोलम्बो । श्रीलङ्का सरकारले व्यक्तिगत वा गैर–व्यापारिक प्रयोजनका लागि टाइल्स आयात गर्न अनुमति दिएको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रोपर्टी डेभलपर्सलाई आफ्नो प्रयोगका लागि टाइल्स आयात गर्न अनुमति दिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । श्रीलङ्काले विदेशी मुद्रा जोगाउनका लागि गत वर्ष टायलको आयातमा प्रतिबन्ध लगाएको थियो ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले ‘प्रत्यक्ष प्रयोग’ का लागि टायल र ढुङ्गाको आयातलाई अनुमति दिइएको घोषणा गरेका हुन्  । 

आर्थिकरूपमा सङ्कटग्रस्त यस दक्षिण एशियाली मुलुकमा पुनः विक्री अर्थात् व्यापारिक प्रयोजनका लागि टायल्स र ढुङ्गाको आयात अझै प्रतिबन्धित छ । आवास क्षेत्र निर्माण, मिश्रित विकास परियोजना, स्वीकृत होटल र लगानी बोर्ड र उक्त नियममा नबाँधिने सरकारी परियोजनालाई टाइल्स आयात गर्न अनुमति दिइने उनले बताए ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.