गठबन्धनको कार्यदल आजपनि निष्कर्षविहिन, दलहरुले पेश गरे आ-आफ्नो दाबी
काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदल आजपनि निष्कर्षमा पुग्न सकेन । बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आफ्नो दाबि पेश गरेपनि ठोस निष्कर्ष पुग्न भनेसकेको छैन ।
आजको बैठकमा नेपाली कांग्रेसले १०० सिटमा दाबी पेस गरेको छ भने माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेका छन् ।
प्रत्यक्षतर्फ १६५ सिट रहेकोमा गठबन्धनका दलहरुले २२७ सिटको दाबि परेको एक नेताले खरीबोटलाई बताए ।
बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज खुलस्त रुपमा आ-आफ्ना कुरा राखेको बताउदै १६५ वटै क्षेत्रलाई कसरी मिलाएर लैजान सकिन्छ भन्ने बारेमा छलफल भएको बताए ।
बिहीबार बिहान बसेको गठबन्धन बैठकले कार्यदललाई शुक्रबारसम्म देशभर संघ र प्रदेशमा कुन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांक विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।