केन्याले नेपाललाई दियो १३३ रनको लक्ष्य
काठमाडौँ । केन्याले दोस्रो टी- २० खेलमा नेपाललाई १३३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको हो ।
केन्याका लागि राकेप पटेलले सर्बाधिक ३५ रन बनाएका थिए भने नहेमिआह ओढीआमहोले २९ रन बनाएका थिए । त्यस्तै इरफान करिमले २२ रनको योगदान दिएका थिए ।
त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २-२ विकेट तथा पवन सराफले एक विकेट लिएका थिए ।
नेपालले यसअघि पहिलो खेलमा विहिबार केन्यालाई पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको थियो । केन्यासँग नेपालले ५ खेलको टी-२० सिरिज र ३ खेलको एकदिवसिय सिरिज खेल्दै छ ।
Comments
Related News