नेपालको खराब ब्याटिंग, दोस्रो खेलमा केन्यासँग पराजित
काठमाडौँ । नेपालले केन्याविरुद्धको दोस्रो टी-२० खेलमा खराब ब्याटिंग गरेको छ । नेपाल केन्यासँग १८ रनले पराजित भएको छ । केन्याले दिएको १३३ रनको लक्ष्य पछाएको नेपालले १९ ओभरमा ११४ रन मात्र बनाएर अल आउट भएपछि खेल हारेको हो ।
नेपालका लागि आरिफ सेखले सर्बाधिक २५ रन बनाए भने रोहित पौडेल र आदील अन्सारीले २०-२० रन बनाए । त्यस्ती पवन सराफले १९, सन्दीप लामिछानेले ८, आसिफ सेखले ५, ज्ञानेन्द्र मल्लले १, दिपेन्द्र सिंह ऐरीले ३, करण केसीले ६ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो ।
केन्याका लागि राकेप पटेलले सर्बाधिक ३५ रन बनाएका थिए भने नहेमिआह ओढीआमहोले २९ रन बनाएका थिए । त्यस्तै इरफान करिमले २२ रनको योगदान दिएका थिए ।
त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २-२ विकेट तथा पवन सराफले एक विकेट लिएका थिए ।
योसँगै ५ खेलको सिरिज १-१ को बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ ।
केन्यासँग नेपालले ५ खेलको टी-२० सिरिज र ३ खेलको एकदिवसिय सिरिज खेल्दै छ ।