प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बनेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिवार एक कार्यक्रमको बिच प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् ।
सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक पटकमा एक हजार जना अट्ने सभा हल छ । त्यसबाहेक मिटिङ हलहरू रहेका छन् ।
यस्तै चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको छ । यहाँ सम्मेलन केन्द्रमा हेलीप्याडसमेत बनाइएको छ । उद्घाटन गरिए पनि यस सभा हालको सञ्चालन मोडालिटीबारे भने अझै टुङ्गो लागेको छैन ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल, पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।