• Trending:

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

Economist Nepal

Sun, Bhadra 12 2079

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक


‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक



kharibot

काठमाडौँ । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित  ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित  कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा  कथा सङ्ग्रहको लोकार्पण गरेका छन् ।

पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका छन्  ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक  कोर्सिया र सर्वियाका  विषयवस्तुलाई कथामा उठान गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताए ।

कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिए ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका स्रष्टा श्रेष्ठका चारवटा  कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.