• Trending:

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा गस्ती गर्दै

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा गस्ती गर्दै

Economist Nepal

Sun, Bhadra 12 2079

दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा गस्ती गर्दै


दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा गस्ती गर्दै



kharibot

काठमाडौं । दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले यस्तो कारबाही गरेको हो । 

चीनले उक्त क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेर प्रतिक्रिया देखायो । हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी नौसेनाहरू नियमित रूपमा ताइवान स्ट्रेटमा गस्ती गर्दै आएका छन् ।

दुई वटा मिसाइल क्रुज युएसएस एन्टिट्याम र युएसएस चान्सलरभिल्लाले अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुलिरहेका छन् । यस कार्यलाई बेइजिङले उत्तेजक बताउँदै ताइवान टापु चिनियाँ भूमिको अपरिहार्य अंश बताउँदै आएको छ ।

केही समयअघि अमेरिकी तल्लाे सदनकी सभामुख न्यान्सी पेलाेसीले चीनकाे  विराेधबीच ताइवानकाे भ्रमण गरेकी थिइन् । उनकाे भ्रमणापछि चीनले ताइवानसँगकाे सीमामा सैन्य अभ्यास गरेकाे थियाे । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.