केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य
काठमाडौँ । केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । आज जारी सिरिजको तेस्रो खेलमा केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको केन्याले २० ओभरमा २ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
केन्याका लागि इरफान करिमले अविजित ५६ रन बनाए भने राकेप पटेलले अविजित ७३ रन बनाए । त्यस्तै सुखदीप सिंहले ८ रन बनाए भने कोलिन्स ओबुयाले १४ रन बनाए ।
त्यसैगरी नेपाली बलर सोमपाल कामी र आदील अन्सारीले एक एक विकेट लिए ।
जारी ५ खेलको सिरिजमा यस अघि केन्या र नेपालले १-१ खेल जितेका छन् ।
Comments
Related News