राप्रपा नेपालको चुनाव चिन्ह विवाद: सर्वोच्चले छलफलका लागि बोलायो
काठमाडौं । सर्वोच्च अदालतले राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन निर्वाचन आयोगलाई अन्तरकालीन आदेश दिएको छ ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत गएका थिए ।
आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
Comments
Related News