बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल
काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले भल्लाडोलिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले भल्लाडोलिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए । लेवान डोस्कीले लगातार दोस्रो खेलमा २-२ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि यस सिनमा ३ खेलमा चार गोल गरेका छन् ।
त्यस्तै पेड्री र सेर्गी रोबेर्टोले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको ३ खेलमा ७ अंक भएको छ । त्यस्तै भल्लाडोलिडको भने यो दोस्रो हार हो । भल्लाडोलिडको ३ खेलमा १ अंक रहेको छ ।
Comments
Related News