• Trending:

प्रभु बैंक र मुक्तिनाथस्थित युरेका इन होटलबीच छुटसम्बन्धि सम्झौता

प्रभु बैंक र मुक्तिनाथस्थित युरेका इन होटलबीच छुटसम्बन्धि सम्झौता

Economist Nepal

Mon, Bhadra 13 2079

प्रभु बैंक र मुक्तिनाथस्थित युरेका इन होटलबीच छुटसम्बन्धि सम्झौता


प्रभु बैंक र मुक्तिनाथस्थित युरेका इन होटलबीच छुटसम्बन्धि सम्झौता



kharibot

काठमाडौँ । प्रभु बैंक लिमिटेड र मुक्तिनाथस्थित युरेका इन होटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युरेका इन होटलका तर्फबाट प्रोप्राइटर सुरजन तुलाचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले युरेका इन होटलद्धारा सञ्चालित “फुड”, “वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 

उक्त सम्झौता अन्तर्गत युरेका इन होटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, युरेका इन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.