• Trending:

आइसीसीको टी-२० वरियतामा नेपाल एक स्थान तल झर्यो

आइसीसीको टी-२० वरियतामा नेपाल एक स्थान तल झर्यो

Economist Nepal

Mon, Bhadra 13 2079

आइसीसीको टी-२० वरियतामा नेपाल एक स्थान तल झर्यो


आइसीसीको टी-२० वरियतामा नेपाल एक स्थान तल झर्यो



kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी-२० को नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आइसीसीको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५औँ स्थानमा पुगेको छ । नेपालको अहिले ५१०६ अंक रहेको छ । यस अघि नेपाल १४औँ स्थानमा रहेको थियो ।

वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपमा सोझै छनोटको सम्भावना कम हुदै गएको छ ।

सन् २०२४ को टी-२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

टी-२० वरीयतामा भारत शीर्ष स्थानमा छ भने इङल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहका छन् ।

त्यस्तै एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा रहेको छ । एकदिवसिय वरियतामा नेपालपछि पपुवा न्युगिनी मात्र रहेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.