• Trending:

महाअभियोग सिफारिस समिति बैठक सुरु

महाअभियोग सिफारिस समिति बैठक सुरु

Economist Nepal

Wed, Bhadra 15 2079

महाअभियोग सिफारिस समिति बैठक सुरु


महाअभियोग सिफारिस समिति बैठक सुरु



kharibot

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारि समितिका सदस्य कुरेका छन् ।

समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् ।  

बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । 

गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन् ।

जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन् । बैठक भर्खरै सुरु भएको छ । 

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ । 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.