सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्री पदमुक्त
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको छ ।
चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ ।
उनी एमालेमा प्रवेश गर्न लागेपछि मन्त्रीपदबाट हटाइएको बुझिएको छ । चौधरीलाई आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
Comments
Related News