माओवादी केन्द्रका नेताहरु शीतल निवासमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहितका नेताहरु बुधबार अपराहन्न शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति भण्डारीले विवादित नागरिकता विधेयक बारे राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसैक्रममा आज माओवादी केन्द्रका नेताहरुलाई बोलाएकी हुन् ।
यसअघि भण्डारीले नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुसँग गत सोमबार छलफल गरेकी थिइन् ।
Comments
Related News