सुरेश रैनाले लिए क्रिकेटका सबै फर्म्याटबाट सन्यास
काठमाडौँ । भारतीय क्रिकेटर सुरेश रैनाले सबै किसिमका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत रैनाले आफुले सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका छन् ।
रैनाले २०१८ देखि फर्स्ट क्लास क्रिकेट खेलेका छैनन् भने उनले २०२० को अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
त्यस्तै रैनाले २०२१ को आइपिएलमा खेलेका थिए भने २०२२ कोइ आइपिएलमा उनलाई चेन्नईले रिलिज गरेको थियो । २०२२ को अक्सनमा कुनै टिमले उनलाई किनेको थिएन ।
रैनाले अहिले सन्यास लिएर पुर्व क्रिकेटरहरुले खेल्ने रोड सेफ्टी सिरिज खेल्ने बताइएको छ । साथै उनले अहिले सन्यास लिएपछि विदेशी टी-२० लिग खेल्ने बाटो खुल्ने पनि बताइएको छ ।
रैनाले भारतका लागि १८ टेस्ट, २२६ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन् । उनले अहिलेसम्म आफ्नो क्यारियरमा ३३६ टी-२० खेलमा ८ हजार ६५४ रन बनाएका छन् ।