लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ । कन्जरभेटिभ पार्टीकी नयाँ नेता लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् ।
ट्रसलाई महारानी एलिजावेथ द्वितीयले मंगलबार प्रधानमन्त्री पदमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।
यसअघि आजै प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरेसँगै महारानीले ट्रसलाई प्रधानमन्त्रीमा नियुक्त गरकी हुन् ।
आफ्नो स्वास्थ्यको कारण हाल महारानी एलिजावेथ स्कटल्याण्डको बालमोरलमा रहेकी छन् । यस अघि महारानीको दरबार बर्गिंहम प्यालेसमा हुने नयाँ प्रधानमन्त्रीको शपथ पनि बालमोरलमा नै भएको छ ।
ट्रसले लामो समयसम्म चलेको दलको नेताको निर्वाचन प्रक्रियामा ऋषि सुनकलाई पराजित गरेर सोमबार दलको नेता चयन भएकी थिइन् ।
Comments
Related News