राष्ट्रपति भण्डारीसमक्ष फ्रान्स–संसदीय प्रमण्डलको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ ।
उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो ।
सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
Comments
Related News