• Trending:

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच छुटसम्बन्धि सम्झौता

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच छुटसम्बन्धि सम्झौता

Economist Nepal

Wed, Bhadra 22 2079

प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच छुटसम्बन्धि सम्झौता


प्रभु बैंक र काठमाण्डौं नेत्रालयबीच छुटसम्बन्धि सम्झौता



kharibot

काठमाडौँ । प्रभु बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाण्डौं नेत्रालयबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हात्तिगौंडा शाखा कार्यालय प्रमुख कृष्ण दवाडी र काठमाण्डौं नेत्रालयका तर्फबाट निर्देशक रोहित सैंजुद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाण्डौं नेत्रालयद्धारा सञ्चालित सम्र्पूण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत काठमाण्डौं नेत्रालय प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, काठमाण्डौं नेत्रालय प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.