• Trending:

ललितपुरको धोविघाटको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

ललितपुरको धोविघाटको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

Economist Nepal

Wed, Asoj 5 2079

ललितपुरको धोविघाटको कवाडी गोदाममा आगलागी, तीन जना घाइते


५ आश्विन २०७९, बुधबार

fire 1

काठमाडौं । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका- ३ धोविघाटस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा ३ जना घाइते भएका छन् । महानगरीय प्रहरी प्रभागका सानेपाका अनुसार घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको छ ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण आइसकेको छैन । आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट अधिकांश सामान जलेर नष्ट भएको छ । प्रहरी, दमकल र स्थानीय आगलागी नियन्त्रणमा जुटेका थिए । आजै केहीबेर अघि काठमाडौंको पुतलीसडकस्थित न्युप्लाजा अगाडि बिजुलीको पोलमा आगलागी भएको थियो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.