• Trending:

कपनको एक तीन तले घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

कपनको एक तीन तले घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

Economist Nepal

Wed, Asoj 5 2079

कपनको एक तीन तले घरमा आगलागी, नियन्त्रणको प्रयास जारी


५ आश्विन २०७९, बुधबार

kapan

काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ । कपनको राम मन्दिर नजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन । “अझै नियन्त्रणमा आएको छैन । आगो एकदम ठूलो छ । साढे तीन तले घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास जारी छ’, एक प्रहरी अधिकारीले भने ।

आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.