• Trending:

अख्तियार सक्षमता, निर्भिकता र निष्पक्षताका साथ कार्यसम्पादन गर्न प्रतिवद्ध छ : प्रमुख आयुक्त राई

अख्तियार सक्षमता, निर्भिकता र निष्पक्षताका साथ कार्यसम्पादन गर्न प्रतिवद्ध छ : प्रमुख आयुक्त राई

Economist Nepal

Wed, Asoj 5 2079

अख्तियार सक्षमता, निर्भिकता र निष्पक्षताका साथ कार्यसम्पादन गर्न प्रतिवद्ध छ : प्रमुख आयुक्त राई


Prem kumar rai

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियार सक्षमता, निष्पक्षता, निर्भिकता र स्वतन्त्रताकासाथ कार्यसम्पादन गर्न प्रतिवद्ध रहेको कुरा बताएका छन् । भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्ने कामप्रति आयोग प्रतिबद्ध रहेको उनको भनाई छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेश गदै प्रमुख आयुक्त राईले विगतमा तय गरिएका प्राथमिकतालाई समयानुकुल परिमार्जन गरी अघि बढाउने गरी आगामी कार्यदिशा तय गर्ने बताए । सोही बमोजिमका चारवटै रणनीतिमा केन्द्रित रही नवीनतम् विधि र प्रविधिहरू अवलम्बन गरी कामकारबाहीहरू अघि बढाउने उनको भनाई छ ।

प्रमुख आयुक्त राईले आयोगलाई थप सुदृढ, उत्तरदायी र जिम्मेवारपूर्ण ढंगले क्रियाशील बनाउन एवम् संविधान र कानुनले तोकेको जिम्मेवारीलाई पूर्ण सक्षमताका साथ पूरा गर्न आयोगको संस्थागत रणनीतिक योजना 2076/77-2080/81 को मध्यावधिक समिक्षाबाट प्राप्त सुझाव समेत समेटी योजनाको प्रभावकारी कार्यान्वयन गर्ने जानकारी दिए ।

city

प्रमुख आयुक्त राईले मुलुकमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तीनै तह, अंग एवं निकायहरू, गैरसरकारी तथा निजी क्षेत्र, नागरिक समाज,सञ्चारजगत, अन्तर्राष्ट्रिय समुदाय एवं आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका प्राप्त भएको बताए ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.