• Trending:

युरोपेली सांसदको टोली एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता

युरोपेली सांसदको टोली एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता

Economist Nepal

Fri, Asoj 7 2079

युरोपेली सांसदको टोली एमाले उपमहासचिव ज्ञवालीबीच भेटवार्ता


aus

काठमाडौं । नेपाल भ्रमणमा आएको १० औं युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्यले जानकारी दिए ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो ।

city

युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् । ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ,’ उनले भनिन्, प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।’

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.