• Trending:

आफूले ल्याएको रेलमा सरर एमाले अध्यक्ष ओली (फोटो फिचर)

आफूले ल्याएको रेलमा सरर एमाले अध्यक्ष ओली (फोटो फिचर)

Economist Nepal

Sat, Asoj 8 2079

आफूले ल्याएको रेलमा सरर एमाले अध्यक्ष ओली (फोटो फिचर)


८ आश्विन २०७९, शनिबार

kp oli 2 1

धनुषा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकौरिया चोकमा हुने कार्यक्रममा सहभागी हुनका लागि जनकपुरबाट रेल चढेर गएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुगेका अध्यक्ष ओली तीनकौरिया चोकमा पुग्नका लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका हुन् । ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा पूर्व प्रधानमन्त्री ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो । रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन । ओलीसहित एमालेका नेता तथा कार्यकर्ताका लागि एक सय ४२ वटा टिकेट काटिएका थिए ।

city

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली धनुषा पुगेका हुन् । ओली नेतृत्वको सरकारको पालामा नेपालमा रेल भित्र्याउने काम भएको थियो । आफूले नेतृत्व गरेको सरकारको पहलमा भित्रिएको रेलमा आज पहिलोपल्ट ओलीले यात्रा गरेका हुन् ।

jagdamba.cement
kp oli 3
kp oli 1 2
kp oli 2 2
kp oli 3 1
kp oli 4

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.