• Trending:

देउवाले पार्टी एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

देउवाले पार्टी एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

Economist Nepal

Sat, Asoj 8 2079

देउवाले पार्टी एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी


Jagadiwhor narshing kc

काठमाडौं । कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।

थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे ।

उनले को कार्यक्रममा समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी पनि दिए । समाुनपातिकको सूची एक पक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नु पर्ने परिस्थिति निर्माण हुनसक्छ ।’

city

उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जिकिर गरे । प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारी सभामा आयोजना गरेको बताए । उनले सभापति शेरबहादुर देउवाले महाधिबेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरित देखिएको तर्क गरे ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.