• Trending:

दशैंमा चार सय क्विन्टल चामल हेलिकोप्टरबाट टिङ्कर र छाङरु पठाइँदै

दशैंमा चार सय क्विन्टल चामल हेलिकोप्टरबाट टिङ्कर र छाङरु पठाइँदै

Economist Nepal

Sun, Asoj 9 2079

दशैंमा चार सय क्विन्टल चामल हेलिकोप्टरबाट टिङ्कर र छाङरु पठाइँदै


९ आश्विन २०७९, आईतवार

chamal darchula
फाइल फोटो

काठमाडौं । दशैंका लागि दार्चुलामा चार सय क्विन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ ।
टिङ्करमा १६० र छाङरुमा २४० क्विटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिङ्कर र छाङरुसम्म हेलिकप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य शिलबन्दी पेस गर्न भनिएको छ ।

स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । दशैैं अघि नै खाद्यान्न ढुवानी गरिने जनाइएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.