• Trending:

वनमन्त्री यादव अमेरिका प्रस्थान – Naya Page 2022

वनमन्त्री यादव अमेरिका प्रस्थान – Naya Page 2022

Economist Nepal

Mon, Asoj 10 2079

वनमन्त्री यादव अमेरिका प्रस्थान – Naya Page 2022


१० आश्विन २०७९, सोमबार

Pradeep Yadav
फाइल फोटो

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

city

यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.