• Trending:

‘संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद’

‘संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद’

Economist Nepal

Mon, Asoj 10 2079

‘संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद’


१० आश्विन २०७९, सोमबार

Mohan shrestha

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवा सुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् ।

१ असोजमै प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका छन् । श्रेष्ठले संसदको कार्यकाल १ असोजबाट सकिइसकेको अवस्थामा पुरानो हैसियतमा प्राप्त सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद रहेको बताएका छन् ।
‘संसद सचिवालयले फिर्ताका लागि ताकेता गरोस्, निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरोस्,’ उनले ट्वीट गर्दै भनेका छन् । निर्वाचन प्रक्रियामा सहभागी भएका हरेक दललाई एउटै व्यवहार हुनुपर्ने श्रेष्ठको माग छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.