• Trending:

अमेरिकी विमानवाहक जहाज दक्षिण कोरिया पुगेको समय उत्तरले हान्यो मिसाइल

अमेरिकी विमानवाहक जहाज दक्षिण कोरिया पुगेको समय उत्तरले हान्यो मिसाइल

Economist Nepal

Mon, Asoj 10 2079

अमेरिकी विमानवाहक जहाज दक्षिण कोरिया पुगेको समय उत्तरले हान्यो मिसाइल


१० आश्विन २०७९, सोमबार

Ronald Reagan

काठमाडौं । उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकी विमानवाहक जहाज दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका लागि सोल पुगेपछि प्योङयाङले यो कदम चालेको हो ।

अमेरिकी आणविक शक्तियुक्त विमानवाहक युएसएस रोनाल्ड रेगन र यसका लडाकुहरू संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया पुगेका समय क्षेप्यास्त्र प्रक्षेपण भएको छ । एसियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक कार्यक्रमबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाले यी संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले पश्चिमी सहर तेक्वानबाट प्रहार गरेको उक्त क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट समुन्द्रमा खसेको बताए । उत्तर कोरियाले यो वर्ष आफ्नो मिसाइल परीक्षण गतिविधिलाई तीव्र पारेको छ । २०१७ पछि अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण सहित ३० भन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गरेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.