• Trending:

शुभ साइतमै राखियो हनुमानढोका दशैंघरमा जमरा {फोटो फिचर}

शुभ साइतमै राखियो हनुमानढोका दशैंघरमा जमरा {फोटो फिचर}

Economist Nepal

Mon, Asoj 10 2079

शुभ साइतमै राखियो हनुमानढोका दशैंघरमा जमरा {फोटो फिचर}


१० आश्विन २०७९, सोमबार

jamara 8

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दशैंघरमा जमरा राखिएको हो ।

सोमबारबाट नवरात्र शुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।

city

साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । यस वर्षको दसैैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निणर्ायक समितिले जनाएको छ ।

jagdamba.cement
jamara 2
jamara 3
jamara 4
jamara 5
jamara 6
jamara 7
jamara 9
jamara 10
jamara 12
jamara 15
jamara 18
jamara 1
jamara 16

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.