• Trending:

आजबाट खसी-बोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर लगाएको मात्र किन्न आग्रह

आजबाट खसी-बोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर लगाएको मात्र किन्न आग्रह

Economist Nepal

Tue, Asoj 11 2079

आजबाट खसी-बोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर लगाएको मात्र किन्न आग्रह


११ आश्विन २०७९, मंगलवार

khasi boka

काठमाडौं । दशैं नजिकिएसँगै सरकारले खसी बोकाको स्वास्थ्य परीक्षण आज (मंगलबार) बाट शुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दशैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसी बोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसी बोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.