• Trending:

रविन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्दै, भोलि घोषणा सभा

रविन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्दै, भोलि घोषणा सभा

Economist Nepal

Tue, Asoj 11 2079

रविन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्दै, भोलि घोषणा सभा


११ आश्विन २०७९, मंगलवार

rabindra mishra

काठमाडौं । विवेकशील साझा पार्टी परित्यागको घोषणा गरेका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । भोलि (असोज १२ गते बुधबार) मा काठमाडौंमा घोषणा सभा आयोजना गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ।

‘नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो,’ श्रेष्ठले भनेका छन्, ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणा सभा हुनेछ ।’ मिश्रले सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटा समक्ष मिश्रले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.