• Trending:

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा

Economist Nepal

Tue, Asoj 11 2079

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा


११ आश्विन २०७९, मंगलवार

Antony Blinken zS3lGzgQhU

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलर बराबरको सहयोगको घोषणा गरेका छन् ।

वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि बोल्दै ब्लिन्केनले यो कठिन समय रहेको र अमेरिकाले सधैं कठिन समयमा पाकिस्तानको सहयोग गर्दै आएको बताएका हुन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले बाढी प्रभावित नागरिकलाई तत्कालै सहयोग नगर्ने हो भने यसले दूरगामी असर भोग्नुपर्ने भएकाले पाकिस्तानलाई सहयोग घोषणा गरिएको बताए । अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहायता प्रदान गरिसकेको छ । यस्तोमा थप एक करोड डलर सहयोग घोषणा गरिएको हो ।

city

पाकिस्तान र अमेरिकाबीच द्विपक्षीय सम्बन्धको विषयमा कुरा गर्दै ब्लिन्केनले राजनीतिक तथा सार्वजनिक सम्बन्ध बलियो रहेको बताएका छन् । ब्लिन्केनले दुई मुलुकको सम्बन्ध पनि सुधार गर्नुपर्ने बताए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.