• Trending:

अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित

अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित

Economist Nepal

Tue, Asoj 11 2079

अञ्जन विष्टको ‘ह्याट्रिक’ मा बंगलादेशविरुद्ध नेपालको शानदार जित

ऋतिक र आशिषको राष्ट्रिय टिममा डेब्यु


११ आश्विन २०७९, मंगलवार

nepal hyatrick

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज र शानदार जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन-एकले हरायो ।

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पुर्‍याएका छन् । यस्तै बंगलादेशका लागि खेलको ५७ औं मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।

city

यो खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।
ऋतिक र आशिषको राष्ट्रिय टिममा डेब्यु
नेपाल राष्ट्रिय फुटबल टोलीमा ऋतिक खड्का र आशिष चौधरीले डेब्यु गरेका छन् । मंगलबार दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको मैत्रीपूणर् खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै ऋतिक र आशिषले डेब्यु गरेका हुन् ।
मिडफिल्डर ऋतिक सेसेहाङ आङ्देम्बे र फरवार्ड आशिष विमल घर्तिमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.