• Trending:

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना पूरा

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना पूरा

Economist Nepal

Wed, Asoj 12 2079

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना पूरा


१२ आश्विन २०७९, बुधबार

dhara
फाइल फोटो

लमजुङे । मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ ।

खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन् । गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् । भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाउँबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघीय खानेपानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रूपमा निर्माण भएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.