• Trending:

देउवाले एकलौटी गरेको भन्दै शेखर समूहले सानेपामा धर्ना दिंँदै

देउवाले एकलौटी गरेको भन्दै शेखर समूहले सानेपामा धर्ना दिंँदै

Economist Nepal

Wed, Asoj 12 2079

देउवाले एकलौटी गरेको भन्दै शेखर समूहले सानेपामा धर्ना दिंँदै


१२ आश्विन २०७९, बुधबार

shekhar gagan team meeting
फाइल फोटो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना दिने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो धर्नाको कार्यक्रम आयोजना गरिएको सो समूहका एक नेताले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापन इतरको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि मंगलबार कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीभित्रको सहमतिबाटै बन्दसूचीमा नाम पठाइएको बताएका थिए । आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.