• Trending:

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना (तस्बीरहरु)

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना (तस्बीरहरु)

Economist Nepal

Wed, Asoj 12 2079

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना (तस्बीरहरु)


१२ आश्विन २०७९, बुधबार

shekhar dharna sanepa

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा. शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता-कार्यकर्ता धर्नामा बसेका छन् ।

सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाह विनै सूची बनाएको, एकलौटी र एक पक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
shekhar dharna sanepa2

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ ।

city
shekhar dharna sanepa 1

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.