• Trending:

शाही आदेशमा प्रधानमन्त्री बने साउदी युवराज सलमान

शाही आदेशमा प्रधानमन्त्री बने साउदी युवराज सलमान

Economist Nepal

Wed, Asoj 12 2079

शाही आदेशमा प्रधानमन्त्री बने साउदी युवराज सलमान


१२ आश्विन २०७९, बुधबार

mohammad salman

काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई राजा सलमानको आदेशमा राज्यको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।

नयाँ मन्त्रिपरिषद्को फेरबदलमा युवराज सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको आधिकारिक साउदी प्रेस एजेन्सीले मंगलबार प्रकाशित शाही आदेशलाई उल्लेख गर्दै जनाएको छ । यसअघि नै पनि विश्वको सबैभन्दा ठूलो तेल निर्यातकको डिफेक्टो शासक रहेका प्रिन्स मोहम्मदलाई प्रधानमन्त्रीमा नियुक्ति गरेसँगै राज्य सरकारको नेताको रूपमा उनको भूमिका औपचारिक बनेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान एमबीएस भनेर पनि चिनिन्छन् । पहिले उपप्रधानमन्त्री र रक्षा मन्त्रीको रूपमा सेवा गरेका उनको स्थानमा उनका कान्छा भाइ खालिद बिन सलमानले रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका छन् । जो यसअघि उपरक्षामन्त्री थिए ।

city

शाही आदेशले विदेश मन्त्रीमा राजकुमार फैसल बिन फरहान अल साउद, अर्थमन्त्रीमा मोहम्मद अल जदान र लगानी मन्त्रीमा खालिद अल फलिहसहित अन्य सबै वरिष्ठ मन्त्रीहरूलाई उनीहरूको पदमा फेरि कायम राखेको छ । एमबीएसलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नु ८६ वर्षीय राजाले राज्यमा शक्तिको ढिलो तर स्थिर हस्तान्तरण जारी राखेको संकेत हो ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.