• Trending:

दुई जना पदबाट बर्खास्त, दुई विद्युत आयोजनालाई वन क्षेत्र प्रयोगकाे अनुमति

दुई जना पदबाट बर्खास्त, दुई विद्युत आयोजनालाई वन क्षेत्र प्रयोगकाे अनुमति

Economist Nepal

Wed, Asoj 12 2079

दुई जना पदबाट बर्खास्त, दुई विद्युत आयोजनालाई वन क्षेत्र प्रयोगकाे अनुमति


१२ आश्विन २०७९, बुधबार

gyanendra bahadur karki 21643187158

काठमाडौँ । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

आज बुधवार असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ऋण असुली न्यायीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनका अनुसार सरकारले कास्की जिल्लामा रहेको करुवा सेती जलविद्युत् आयोजना ३२ मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने, गोरखा जिल्लामा रहेको मध्यपुर सुपर दरौदी खोला जलविद्युत् आयोजना १० मेगावाट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरेको छ । प्रवक्ता कार्कीले नेपालीहरूको महान् चाड विजयादशमी र शुभ दीपावलीको शुभकामना समेत व्यक्त गरेका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.