• Trending:

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठले भने, ‘नेपाली आकाश सुरक्षित छ’

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठले भने, ‘नेपाली आकाश सुरक्षित छ’

Economist Nepal

Thu, Asoj 13 2079

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठले भने, ‘नेपाली आकाश सुरक्षित छ’


१३ आश्विन २०७९, बिहीबार

Jeevanram paryatanmantri
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल सहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।

आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी रहेको दाबी गर्दै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिवद्धता रहेको मन्त्री श्रेष्ठले बताए । नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई यातायातको बिकल्प नभएको भन्दै उनले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

city

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउँदै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.