• Trending:

चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

Economist Nepal

Thu, Asoj 13 2079

चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा


१३ आश्विन २०७९, बिहीबार

money 4

लमजुङ । लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दूरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीन वटा माइक्रोबस र एउटा बसलाई नियन्त्रण लिएको हो । काठमाडौंबाट लमजुङका लागि माइक्रो बसको भाडादर ७ सय १० रहे पनि प्रतिव्यक्ति १ हजार लिएको पाइएको छ । बस भाडा ६ सय ५० रहेकामा १ हजार लिएकाले कारबाहीका लागि पूर्वाधार विकास कार्यालय, यातायात शाखा लमजुङमा पठाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

१० हजारका दरले दुई माइक्रो बसका सञ्चालकले जरिवाना तिरेका छन् भने बाँकी दुई वटा सवारीसाधन कारबाहीको प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.