• Trending:

पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने

पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने

Economist Nepal

Thu, Asoj 13 2079

पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड हटायो, अब पार्किङका लागि प्रयोग गरिने


१३ आश्विन २०७९, बिहीबार

pokhara mahanagar

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग शुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भइरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डर ग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भूमिगत तला खाली गर्ने अभियान थालेको छ ।

कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाँकी छ । तर, व्यवसायीहरुले पार्किङ हटाएका छैनन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मेयर धनराज आचार्यले सूचनाको म्याद सकिएपछि भूमिगत तला खाली गर्न आफै जाने बताए । ‘यो एउटा शुभारम्भ हो । पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङकै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘सांकेतिक अभियान सबै नगरबासीले बुझिदिनु होला ।’ पोखरा महानगरपालिकाभित्र २५० बढी भवनमा भूमिगत पार्किङस्थलहरू छन् । तर ती पार्किङस्थल व्यापार र अन्य प्रयोजनमा प्रयोग भइरहेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.