• Trending:

दुई महिनामा ५११ किलो सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रहक बाहिरियो

दुई महिनामा ५११ किलो सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रहक बाहिरियो

Economist Nepal

Thu, Asoj 13 2079

दुई महिनामा ५११ किलो सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रहक बाहिरियो


gold
सांकेतिक तस्वीर

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ किलो सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ ।

भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ । बितिका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट सुन आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन नेपाल आएको छ । यस्तै, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।

city

पछिल्लो दुई महिनामा नेपालमा सबैभन्दा बढी सुन युएईबाट आएको छ । सो अवधिमा युएईबाट १ अर्ब ८६ करोड १ लाख १८ हजार रुपैयाँको सुन नेपालले आयात गरेको छ ।

jagdamba.cement

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालमा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँको १ हजार २१५ केजी सुन भित्रिएको थियो । गत वर्षको सेही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा ४ अर्ब ७० करोड ७४ लाख ४ हजार रुपैयाँ कमको सुन नेपालले आयात गरेको छ ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा युएईबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ र टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँको सुन नेपालले आयात गरेको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.