• Trending:

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना : चालकको मृत्यु

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना : चालकको मृत्यु

Economist Nepal

Thu, Asoj 13 2079

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना : चालकको मृत्यु


१३ आश्विन २०७९, बिहीबार

Accident 1

जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका गुठीज्युलाबाट स्याउ लिएर सुर्खेतका लागि छुटेको वाग्मती प्रदेश-०३००१ ख २१६४ नम्बरको ट्रक गए राति हिमा गाउँपालिका-१ आचार्य लिहीको बझाङे खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रकका चालक मकवानपुरका अविनाश लामाको ज्यान गएको छ । यस्तै सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.