• Trending:

आसाममा २५ जना बोकेको डुंगा दुर्घटना, सात जना बेपत्ता

आसाममा २५ जना बोकेको डुंगा दुर्घटना, सात जना बेपत्ता

Economist Nepal

Thu, Asoj 13 2079

आसाममा २५ जना बोकेको डुंगा दुर्घटना, सात जना बेपत्ता


१३ आश्विन २०७९, बिहीबार

Boat accident bramhaputra OLGp6uEz9b

आसाम । भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुंगा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुंगा निर्माणाधीन पुल नजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सात जना मानिस बेपत्ता भएका छन् ।

धुब्रीका प्रहरीका डेपुटी कमिशनरका अनुसार निर्माणाधीन पुल भएको स्थानमा नदीबाट आउँदै गर्दा केही सानो भाग मात्र खाली थियो । उक्त स्थानमा छेउको भागमा डुङ्गा ठोक्किएको थियो । सोही क्रममा डुंगा दुर्घटनामा परेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो क्रममा केही मानिस पौडेर बाँच्न सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो । अहिले बेपत्ता मानिसहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.