• Trending:

एकीकृत समाजवादीका प्रदेश सभा सदस्यसहित २५ जना एमालेमै फर्किए

एकीकृत समाजवादीका प्रदेश सभा सदस्यसहित २५ जना एमालेमै फर्किए

Economist Nepal

Thu, Asoj 13 2079

एकीकृत समाजवादीका प्रदेश सभा सदस्यसहित २५ जना एमालेमै फर्किए


१३ आश्विन २०७९, बिहीबार

Nekapa Yes2022 09 29 05 30 58

बारा । नेकपा (एकीकृत समाजवादी) पार्टीका दुईजना प्रदेश सभा सदस्य नेकपा एमालेमा फर्किएका छन् । प्रदेश सभा सदस्यद्वय सुन्दर विश्वकर्मा र सीता गुरुङ बिहीबार नेकपा एमालेमा फर्किएका हुन् ।

प्रदेश सभा सदस्य विश्वकर्मा एकीकृत समाजवादी बाराका अध्यक्ष हुन् । उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । तत्कालीन एमाले जिल्ला अध्यक्ष रहेका विश्वकर्मा एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए । उनीहरूसहित २५ जना नेताले एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए ।

city

उनका अनुसार एमाले फर्किनेमा केन्द्रीय परिषद् सदस्य कौशलकिशोर सिंह, महेश विश्वकर्मा, दशरथ राम, विद्या थापा, मीन रहपाल, मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ति सहनीलगायत छन् । उनीहरूले पार्टी अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर पार्टीमा फर्किएको साहले जानकारी दिए ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.